|
मिति २०६६/२/१ प्रेस विज्ञप्ति नेपाली युवा उद्यमी मञ्चद्वारा आयोजित Corporate Triathlon प्रतियोगिता सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रवर्दित नेपाली युवा उद्यमी मञ्च (Nepalese Young Entrepreneurs' Forum) ले आज काठमाडौंमा आयोजना गरेको Corporate Triathlon प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो। प्रतियोगितामा D2Hawkeye Services Pvt. Ltd पहिलो, Philips ले दोश्रो र Morang Auto Worksले तेश्रो स्थान हासिल गर्नु भएको छ। प्रथम, द्वितीय र तृतीय हुने ले क्रमश स्वर्ण, रजत र काश्य पदक प्राप्त गर्नुभयो। प्रतियोगितामा विभिन्न २० वटा कम्पनी / फर्म, संघ सस्था, नियोग तथा निकायहरुबाट १ सय जना प्रतियोगीहरुले भाग लिनु भएको थियो। विभिन्न ३ वटा खेलहरु पौडी, साइक्लिङ र दौड प्रतियोगिताको समुच्च खेल Corporate Triathlon प्रतियोगिता पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो। प्रतियोगिताबाट संकलित रकम मञ्चले “मेड इन नेपाल” अथवा “हाम्रै नेपालको” एक सामाजिक जागरुकता तथा राष्ट्रियता प्रति केन्द्रित उन्नतिशील अभियानको लागि प्रयोग गर्नेछ। बिहान १०:०० बजे देखि दिउसो २:०० बजेसम्म आयोजना गरिने सो प्रतियोगितालाई स्याकार कम्पनी प्रा लि अन्तरगत होन्डाले मुख्य प्रायोजना गरेको थियो भने नेपाल इन्भेसमेन्ट बैंकले सह―प्रयोजकको रुपमा सहयोग गरेको थियो भने व्यवस्थापनको जिम्मा एस एन इभेन्टस् प्रा.लि.ले गरेको थियो। मञ्चले विगत चार वर्षदेखि युवा उद्यमशिलताको प्रवर्द्धनका अतिरिक्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले विशेष गरि युवा वर्गलाई देशभित्रै विभिन्न अवसरको श्रृजना गर्ने परियोजना तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ। मंचले विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गरि त्यसबाट उठेको रकम शीप भई आर्थिक अभावमा केही गर्न नसकेका यूवाहरुको उद्यमशिलता विकासमा लगानी गर्दै आएको छ। मंचले यस अघि २ पटक मेड इन नेपाल जस्तो महत्वूपर्ण कार्यक्रम सफलतापूर्वक आयोजना गरिसकेको छ।
|